बैंकिङ्ग समाचार, काठमाडौं ।
युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले वितरण गर्ने घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज (मंसिर १५ गते) अन्तिम दिन रहेको छ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात मंसिर १६ गते बुकक्लोज गर्दैछ । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले मंसिर २८ गते, बुधबार १३ औँ वार्षिक साधारण सभा डाकेको छ । सो सभा आभ्या क्लब, धारीपाटन, पोखरामा बिहान ११ बजे शुरु हुनेछ ।
सभाले हाल कायम चुक्ता पूँजीको १०.५२६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।



About Us
प्रतिक्रिया