सानिमा लाइफको ८ लाख ४० हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

सानिमा लाइफको ८ लाख ४० हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत


बैंकिङ्ग समाचार, काठमाडौं ।
सानिमा लाइफ इन्स्योरेन्सको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको ८ लाख ४० हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ४.२० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर मंगलबार नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत उक्त बोनस शेयर, सम्बन्धीत शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।