सामान्य अंकको वृद्धि भएर बन्द भयो नेप्से, कारोबार रकममा भारी गिरावट भई १ अर्ब मुनि

सामान्य अंकको वृद्धि भएर बन्द भयो नेप्से, कारोबार रकममा भारी गिरावट भई १ अर्ब मुनि


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन मंगलबार सामान्य अंकले बढेको छ । आज नेप्से २.९९ अंकले बढेर १ हजार ९ सय ५३ दशमलब ३५ विन्दुमा बन्द भएको हो । सोमबार नेप्से १५.६१ अंकले घटेर १ हजार ९ सय ५० दशमलब ३७ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज शेयरबजार बढेपनि कारोबार रकममा भने गिरावट आएको छ । आज नेप्सेमा ९५ करोड ७० लाख रुपैयाँ बराबरको करोबार भएको छ । सोमबार नेप्सेमा नेप्सेमा १ अर्ब ४९ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएका भएको थियो । 

कारोबारमा आएका कम्पनीहरुमध्ये १२० वटा कम्पनीको शेयरमुल्य बढेको छ भने ६७ वटा कम्पनीको शेयरमूल्य घटेको छ, ९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य आज ६.१० प्रतिशतले बढेर प्रतिकित्ता २६६ रुपैयाँ पुगेको छ । 

नेप्सेका अनुसार आज एनआइसी एशिया ब्यालेन्स फण्डको शेयरमूल्यमा सबै भन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको हो । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यसको आज ९ करोड ७२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।