नेप्सेले गर्यो एभरेष्ट बैंकको १३% बोनस पछिको शेयरमूल्य समायोजन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एभरेष्ट बैंकको बोनस शेयर पछिको शेयरमूल्य समायोजन गरेको छ । 

नेप्सेले १३ प्रतिशत बोनस शेयरको शेयरमूल्य समायोजन पछि शेयरमूल्य रू. ४७७ दशमलव ७९ तोकेको छ । कम्पनीले अन्तिम शेयर मूल्य रू. ५३९ द्यशमलव ९० को आधारमा शेयर मूल्य समायोजन गरेको हो ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको लागि मंगलवार बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो ।

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १३ प्रतिशत बोनस शेयर र ७ दशमलव ६८ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले मंसिर २६ गते साधारण सभा बोलाएको छ । सभा लैनचौर ब्यांक्वेट लैनचौर काठमाडौंमा बिहान ११ बजे शुरु हुनेछ ।