प्रभु बैंकको ८% लाभांश राष्ट्र बैंकले गर्यो स्वीकृत

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले प्रभु बैंकले लाभांशलाई स्वीकृत गरेको छ । बैंकको मंसिर १ गते बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई लाभांश वितरणका लागि प्रस्ताव गरेको थियो । सोही लाभांश स्वीकृतिका लागि पेश गरेकोमा नेपाल राष्ट्र बैंकले मंसिर १२ गते स्वीकृत गरेको हो ।

बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६.५० प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद लाभांश गरी कूल ८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकको हाल चुक्ता पूँजी १२ अर्ब ७० करोड ८७ लाख रुपैयाँ रहेको छ ।