लघुवित्तहरुले पनि अबदेखि प्रत्येक महिना ब्याजको आधारदर प्रकाशन गर्नु पर्ने

लघुवित्तहरुले पनि अबदेखि प्रत्येक महिना ब्याजको आधारदर प्रकाशन गर्नु पर्ने


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुले मासिक रुपमा आधार व्याजदर प्रकाशन गर्न निर्देशन दिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक मौद्रिक समिक्षा मार्फत लघुवित्त वित्तीय संस्थाले २०७९ माघदेखि आधारदर मासिक रुपमा प्रकाशन गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।

हाल बाणिज्य बैंक तथा विकास बैंकले मात्रै मासिक रुपमा आधार व्याजदर सार्वजनिक गर्दै आएका थिए । उनिहरुले महिनाको सुरुमै लागु हुने अघिल्लो महिनाको समान्तमा आधार व्याजदर तथा कर्जा र निक्षेपको व्याजदर समेत सार्वजनिक गर्नु पर्छ । अब लघुवित्त वित्तीय संस्थाले पनि सर्वसाधारणले थाहा पाउने गरि मासिक रुपमा आधार व्याजदर प्रकाशन गर्नु पर्ने व्यवस्था गरिएको हो ।