बैंकिङ्ग समाचार, काठमाडौं ।
नारायणी डेभलपमेन्ट बैंक लिमिटेड र सप्तगण्डकी अस्पताल प्रा.लि.बिच मिति २०७९/०८/११ मा ब्यवसायीक समझदारी सम्बन्धी सम्झौता सम्पत्र भएको छ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका सबै प्रकारका कार्डबाहक, खातवालाहरु, बैंक कर्मचारीहरु लगायत बैंकका सम्पुर्ण शेयरधनीहरु समेतलाई सप्तगण्डकी अस्पताल प्रा.लि.ले प्रदान गर्ने सेवा सुबिधामा बिषेश छुट दिने सम्झौता सम्पत्र भएको हो ।
नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पशुपति पौडेल र सप्तगण्डकी अस्पताल प्रा.लि.का अध्यक्ष डा.अमर श्रेष्ठले उक्त छुट सुबिधाको सम्झौतामा हस्ताक्षर गरेका छन् ।
नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका सबै प्रकारका कार्ड बाहक, खातवालाहरु, बैंक कर्मचारीहरु लगायत बैंकका सम्पुर्ण शेयरधनीहरुले सप्तगण्डकी अस्पतालको सेवा उपयोग गर्दा Regular Pathology, ICU Bed Charge, Normal Bed Charge and Minor and Major Operation Charge मा १० प्रतिशत र Pharmacy मा ५ प्रतिशत छुट प्राप्त गर्ने छन् ।
यस सम्झौतावाट बैंक तथा अस्पताल दुवै पक्षको ब्यावसायिक बिकास एवम् विस्तारमा सहयोग पुग्ने बिश्वास बैंकले लिएको छ । बैंकका सबै प्रकारका कार्ड बाहक, खातवालाहरु, बैंक कर्मचारीहरु लगायत बैंकका सम्पुर्ण शेयरधनीहरुलाई अस्पतालले प्रदान गरेको छुट सुबिधामा बैंकले प्रशत्रता ब्यक्त गरेको छ ।
उक्त कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत हृदयराज घिमिरे र अस्पतालका प्रमुख संचालन अधिकृत प्रमोद शर्मा लामिछानेको समेत उपस्थिती रहेको थियो ।



About Us
प्रतिक्रिया