आज नेप्सेमा छायो हरियाली, ३२.४३ अंकले बजार बढ्दा कारोबार रकम २ अर्ब नाघ्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबारको पहिलो दिन आज आइतबार उच्च अंकको वृद्धि भएको छ । आज नेप्से ३२.४३ अंकले बढेर १ हजार ९ सय ६५ दशमलब ९८ विन्दुमा बन्द भएको हो । बिहिबार नेप्से ११.५६ अंकले बढेर १ हजार ९ सय ३३ दशमलब ५५ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज नेप्से बढेसँगै कारोबार रकममा पनि उच्च वृद्धि भएको छ । आज नेप्सेमा २ अर्ब २ करोड ५४ लाख रुपैयाँ बराबरको करोबार भएको छ । बिहिबार नेप्सेमा ९२ करोड ५१ लाख रुपैयाँ बराबरको करोबार भएको थियो ।

आज कारोबारमा आएका कम्पनीहरुमध्ये १६९ वटा कम्पनीको शेयरमुल्य बढेको छ भने २० वटा कम्पनीको शेयरमूल्य घटेको छ, २ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८.२१ प्रतिशतले बढेर प्रतिकित्ता ९७४ रुपैयाँ पुगेको छ । 

नेप्सेका अनुसार आज एनएमबी हाइब्रिड फण्ड एल–१ को शेयरमूल्यमा सबै भन्दा बढि गिरावट आएको छ । यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको हो । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यसको कम्पनीको आज ४५ करोड ४ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।