प्रभु बैंकले रद्द गर्यो क्यापिटल मर्चेण्टलाई प्राप्ति गर्ने सम्झौता


बैंकिङ्ग समाचार काठमाडौं ।
प्रभु बैंक र क्यापिटल मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सबीच हुने भनिएको एक्विजिसन तथा प्राप्ति सम्झौता रद्द भएको छ । प्रभु बैंकले आइतवार एक सूचना जारी गरी क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्ससँग मर्जर सम्झौता भए पनि अहिले सम्झौता रद्द भएको जानकारी दिएको छ ।

प्रभु बैंक लिमिटेडले क्यापिटल मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडलाई एक्विजिसन तथा प्राप्ति गर्ने सम्बन्धमा दुवै संस्थाका तर्फबाट समझदारीपत्रमा हस्ताक्षर भएकोमा क्यापिटल मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले गत मंसिर १ गतेको पत्रबाट सोसम्बन्धी सबै प्रक्रिया  स्थायी रूपमै स्थगित गरी संयुक्त मर्जर तथा एक्विजिसन समिति समेत भ‌ंग गर्न अनुरोध भएकाले उक्त सम्झौता  रद्द गर्नुपरेको बताएको छ ।  

साथै कम्पनीले गत मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले सो संस्थाको अनुरोध बमोजिम क्यापिटल मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडलाई एक्विजिसन तथा प्राप्ति गर्ने सम्बन्धमा अघि बढाइएको सम्पूर्ण प्रक्रिया अन्त्य गर्ने गरिएको बताएको छ । 

\"\"