बैंकिङ्ग समाचार काठमाडौं ।
आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को संचित मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीको मंसिर १० गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा कुल ११ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ८० करोड ५१ लाख ५५ हजार रहेको छ ।
सोही पूँजीको आधारमा ८ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव कम्पनीले गरेको हो ।
प्रस्तावित बोनस शेयर वितरण पछि संस्थाको चुक्ता पूँजी ८९ करोड ९० लाख रुपैयाँ पुग्नेछ ।
प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात् कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
प्रतिक्रिया