निफ्राको चौथो साधारण सभा शनिवार बस्दै, लाभांश सहित यी प्रस्ताव पारित हुने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)को चौथो वार्षिक साधारण सभा भोलि मंसिर १० गते शनिवार हुँदैछ  ।

सभा अनुपम फुडल्याण्ड एण्ड ब्याक्वेट, बत्तिसपुतली, काठमाडौंमा बिहान ९ बजे शुरु हुने जानकारी कम्पनीले दिएको हो । उक्त सभाले ४ दशमलव २१०५ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी सभाले आव २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७९/८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि मंसिर १ गते बुक क्लोज गरिसकेको छ ।

यस आधारमा कात्तिक ३० गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।