बैंकिङ्ग समाचार, काठमाडौं ।
कुमारी बैंक लिमिटेडको शेयर कारोबार फुकुवा भएको छ । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकसँगको मर्जर प्रयोजनका लागि असोज ११ गतेदेखि रोक्का रहेको बैंकको शेयर कारोबार मंसिर ८ गते फुकुवा भएको हो ।
नेप्सेका अनुसार मंसिर ११ गते आइतवारदेखि कुमारी बैंकको शेयर कारोबारमा आउनेछ । नेप्सेले बैंकको आधारभुत शेयरधनी वाहेकको शेयर कारोबार फुकुवा गरेको हो ।
एकै दिन शेयर कारोबार रोक्का भएको एनसीसी बैंकको भने शेयर कारोबार फुकुवा हुन बाँकी रहेको छ । हाल मर्जर तथा प्राप्ति प्रयोजनका लागि शेयर कारोबार एकीकृत कारोबार पश्चात् बढीमा १५ दिन मात्र रोक्का गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा आएसँगै यस अघि रोक्का रहेका कम्पनीहरूले क्रमिक रुपमा कारोबार फुकुवाको प्रकृया अघि बढाएका हुन ।



About Us
प्रतिक्रिया