बैंकिङ्ग समाचार, काठमाडौं ।
कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकले मर्जरलाई अन्तिम स्वीकृती दिन विशेष साधारण सभा डाकेका छन् । यी दुबै बैंकहरुले मंसिर २५ गते विशेष साधारण सभा डाकेका हुन् ।
कुमारी बैंकको विशेष साधारण सभा बैंकको नक्साल कार्यालयमा दिउँसो १ बजे सुरु हुनेछ भने एनसीसी बैंकको अनमोल ब्याङ्क्वेट, शंखमुलमा दिउसो १ बजे सुरु हुनेछ ।
दुबै बैंकको सभाले कुमारी बैंक र एनसीसी बैंक एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा गरिएको अन्तिम सम्झौतापत्र स्वीकृत गर्ने, मूल्याङ्कनकर्ताबाट प्राप्त डिडिएको आधारमा निर्धारण गरिएको शेयर स्वाप रेशियो १ः१ स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ यी दुबै बैंकले मंसिर १५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएका छन् ।



About Us
प्रतिक्रिया