बैंक अफ काठमाण्डूको ६% बोनस पछिको शेयर मूल्य समायोजन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बैंक अफ काठमाण्डूको शेयर मूल्य समायोजन गरेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले बैंकको ६ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात बैंकको शेयरमूल्य २१४ रुपैयाँ २५ पैसा कायम गरिएको छ । नेप्सेले अघिल्लो कारोबारको अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात असार १ गते बैंकको शेयर प्रतिकित्ता २२७ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको थियो ।

ग्लोबल आइएमई बैंकसँग मर्जर प्रक्रियामा रहेका कारण असार २ गतेदेखि बैंकको शेयर कारोबार दोस्रो बजारमा रोक्का गरिएको छ ।

बैंकले मंसिर २३ गते शुक्रबार २८ औँ वार्षिक साधारण सभा डाकेको छ । सो सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुडिखेल, काठमाडौँमा बिहान १० बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित १४.९५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।