अर्बपति विनोद चौधरीको राजनीतिक यात्रा र औद्योगिक विकासको अपेक्षा 

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगपति विनोदकुमार चौधरी पश्चिम नवलपरासी–१ बाट प्रतिनिधिसभा सदस्य पदमा चुनिएका छन्। यसअघि दुईपटक समानुपातिकतर्फबाट सांसद बनेका चौधरी अब भने प्रत्यक्ष निर्वाचित भएर संसद् छिर्न लागेका हुन्।

बर्दघाट सुस्ता पश्चिमको रोचक चुनावी प्रतिस्पर्धामा चौधरीले जनता प्रगतिशील पार्टी नेपालका उम्मेदवार हृदयेश त्रिपाठीलाई भारी मतान्तरले हराएका हुन्। चौधरीले २९ हजार चार सय ९५ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी त्रिपाठीले २२ हजार तीन सय आठ मत प्राप्त गरे।

चौधरीको राजनीतिक यात्रा 

\"\"

विसं २०१२ वैशाख १ गते जन्मिएका चौधरी काठमाडौँ महानगरपालिका–१४ का बासिन्दा हुन्। करिब पाँच दशकदेखि उद्योग व्यवसायमा समर्पित उनी डेढ दशकदेखि सक्रिय राजनीतिमा छन्। चौधरी २०६४ सालको संविधानसभा निर्वाचन अघि तत्कालीन नेकपा एमालेमा प्रवेश गरेका थिए। दल प्रवेश गरेसँगै उनी संविधानसभा सदस्य बनेका थिए। नेकपा एमालेबाट समानुपातिक सभासद बनेका चौधरी संविधानसभाको दोस्रो निर्वाचनमा प्रत्यक्षतर्फ नै उम्मेदवारका आकाङ्क्षी उनले चुनाव लडेनन्।

विसं २०७४ मा भएको सङ्घीय संसद् निर्वाचन अघि उनी नेपाली कांग्रेसमा प्रवेश गरे र समानुपातिकतर्फको सांसद बने। यो अवधिमा उहाँले सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतका राज्य व्यवस्था तथा सुशासन समिति र अर्थ समितिमा रहेर काम गरे। गत वर्ष मङ्सिरमा सम्पन्न भएको नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट चौधरी कांग्रेसको केन्द्रीय सदस्यमा चुनिए।

जनताबाट अनुमोदित भएर राजनीति गर्न चाहेको’ बताउँदै आउनुभएका चौधरी अहिले प्रत्यक्षबाटै निर्वाचित भएर संसद्को यात्रामा अघि बढेका तन । चुनावी प्रचार–प्रसारका क्रममा उनले पटक–पटक ‘राजनीतिबाट मात्रै परिवर्तन सम्भव रहेकाले अब आफू पूर्णकालीन राजनीतिमा लाग्ने अभिव्यक्ति दिएका थिए। त्यस्तै, नेपाललाई समुन्नत र विकासशील राष्ट्र बनाउन आर्थिक रुपान्तरणको खाँचो आवश्यक रहेको र त्यसको खाका आफूले बनाउने पनि उनले बताउने गरेका छन्।

संविधानसभा र संसदीय भूमिकामा मात्र नभई नेपालको निजी क्षेत्रमा पनि चौधरीको अभिवाकीय भूमिका छ। उनी सन् १९९३ देखि १९९५ सम्म नेपाल उद्योग वाणिज्य महासङ्घ र सन् २००२ देखि २०१२ सम्म नेपाल उद्योग परिसङ्घको अध्यक्ष बनेका थिए। त्यस्तै, सन् १९८९ देखि १९९३ सम्म नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति र सन् १९९१ देखि १९९३ सम्म नेपाल वायुसेवा निगमको सञ्चालक समितिमा उनी रहे। सन् १९९० देखि १९९३ सम्म अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) को ‘गभर्निङ बडी मेम्बर’ का रुपमा चौधरीले काम गरेका थिए। 

\"\"

व्यवसायलाई विस्तार गर्दै उनी एक सफल उद्योगी बनेका छन्। विश्वका अर्बपति धनाढ्यको सूची सार्वजनिक गर्ने अन्तर्राष्ट्रिय पत्रिका ‘फोर्ब्स ’ मा पर्ने चौधरी एक मात्र नेपाली नागरिक हुन्। फोर्ब्सको अर्बपति सूचीमा अहिले उनी एक हजार नौ सय २९औँ स्थानमा छन्।

विश्वका ३० भन्दा बढी देशमा व्यवसाय फैलाएको चौधरी ग्रुप (सीजी) को नेतृत्व चौधरीले गरिरहेका छन्। सीजीअन्तर्गत करिब चार दर्जन कम्पनी र ६० भन्दा बढी ब्रान्ड छन्। खाद्य तथा पेय, शिक्षा, घरजग्गा, जलविद्युत्, टेलिकम, सिमेन्ट, पूर्वाधार, होटललगायत क्षेत्रमा लगानी छ।

उद्योग व्यवसाय र राजनीतिको समिश्रणबाट आफूलाई चिनाउन चाहने चौधरी समाजसेवा र परोपकारका काममा पनि उत्तिकै सक्रिय छन्। परोपकारी कार्यका लागि चौधरी फाउन्डेसन सञ्चालनमा छ। ‘वी केयर फर हुम्युनिटी’ नामक संस्थाले २०७३ सालमा चौधरीलाई ‘एसियन म्यान अफ द इयर’ बाट सम्मान गरेको थियो। उनी शास्वत धाम नवलपरासीका संस्थापक पनि हुन्।

चौधरीले भारतको श्रीश्री विश्वविद्यालयबाट मानार्थ विद्यावारिधिको उपाधि पाएका छन्। उनका विनोद चौधरी ९आत्मकथा०, राजनीतिसँग जम्काभेट, उद्योगीको आँखामा अर्थतन्त्रलगायत कृति प्रकाशित छन्। चौधरी गल्फ र स्क्वास खेलका सौखिन हुन्। 

औद्योगिक विकासको अपेक्षा 

त्यसो त पहिलेदेखि नै अर्बपति विनोद चौधरी राजनीतिमा आउनु ठुलै कुरा हो । त्यसकारण अर्बपति नै भइसकेका व्यक्ती राजनीतिमा घुलमिलित हुनु भनेको कहीँ कतैबाट मुलुकको आर्थिक स्थायित्वमा भुमिका खेल्नु हो । आर्थिक, राजनीतिक सन्दर्भमा उनको चेत त पहिलोपटक समानुपातिक सभासद हुँदा संसदमा देखिएकै हो । उद्यमी चौधरीले विगतमा अन्य क्षेत्रमा झै राजनीतिक यात्रामा पनि छलाङ्ग मार्नु भनेको एक अनुभवी अविभावक पाउनु हो । काठमाडौंको रैथाने नेवार परिवेशमा जन्मिएर हुर्किएका उनलाई नेपालको सत्ता राजनीति मात्र होइन, भूगोल, अर्थनीति, संस्कृति, भाषालगायत अनेक विषयको ज्ञान छ ।

करिब डेढ सय वर्षअघि भारत राजस्थानबाट कलिलो उमेरमै आएका हजुरबुबा भुरामल चौधरी, पिता लुनकरण दास चौधरीको स्वाभाविक उद्योगिक र व्यावसायिक उत्तराधिकारी मात्र नभई उनले आफ्नै मिहनेत, महत्त्वाकांक्षा र बुद्धिले आफूलाई आजको उचाइमा पुर्‍याएका हुन् । यदाकदा औद्योगिक या व्यापारिक क्षेत्रबाट राजनीतिमा झुल्किने र पानीको फोकासरह बिलाइहाल्ने पात्रझै उनी होइनन् । उनका पछिल्ला अन्तर्वार्ता र विचार सुन्दा उनी आफ्नो हालसम्मको बहुआयामिक अनुभवलाई राजनीतिमा लगाउन चाहन्छन् र मुलुकको आर्थिक समृद्धिमा योगदान दिन चाहन्छन् । यो सकारात्मक र स्वागतयोग्य मानिएको छ ।