नेशनल लाइफको बोनश शेयर पछिको शेयरमूल्य नेप्सेमा समायोजन

नेशनल लाइफको बोनश शेयर पछिको शेयरमूल्य नेप्सेमा समायोजन


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको बोनश शेयर पछिको मूल्य समायोजन गरेको छ । नेप्सेले १५ प्रतिशत बोनश शेयर पछिको मुल्य समायोजन गरी ५२१ रुपैयाँ ५७ पैसा कायम गरेको छ । कम्पनीको बुधबार अन्तिम शेयर मूल्य ५९९ रुपैयाँ ८० पैसाको आधारमा नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७८र७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनश शेयर र शून्य दशमलव ७८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले मंसिर १८ गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंमा बिहान १०ः३० बजे गर्ने जानकारी गराएको छ ।