बैंकिङ्ग समाचार, काठमाडौं ।
पिपुल्स हाइड्रोपावरको आईपीओ आज (बुधबार) बाँडफाँट गरिने भएको छ । कम्पनीले कात्तिक २५ गतेदेखि कात्तिक २९ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको आईपीओ बुधबार बाँडफाँट हुने भएको हो । बिक्रि प्रबन्धक सानिमा क्यापिटलले आज दिउँसो ४ बजे क्यापिटलको कार्यालयमा आइपीओ बाँडफाँड गर्न लागेको हो ।
कम्पनीले कार्तिक २५ गतेदेखि कार्तिक २९ गतेसम्म सर्बसाधारणलाई आइपीओ निष्काशन गरेको थियो । कम्पनीले सर्बसाधारणलाई ५६ लाख ६ हजार ३ सय ९० कित्ता शेयर निष्काशन गरेको हो । यसमा आयोजना प्रभावित स्थानीयलाई निष्काशन गर्दा बिक्रि नभएको ८ लाख ६ हजार ३ सय ९० कित्ता शेयर पनि समावेश थियो ।
जसमध्ये ५ प्रतिशत अर्थात २ लाख ८० हजार ३ सय २० कित्ता सेयर सामूहिक लगानी कोषको लागि, ३ प्रतिशत अर्थात १ लाख ६८ हजार १९० कित्ता सेयर कर्मचारीहरुका लागि र बाँकी ५१ लाख ५७ हजार ८८० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको छ ।
कम्पनीको आईपीओमा १२ लाख ६८ हजार २१७ जनाले आवेदन दिएका छन् । कम्पनीको आईपीओमा १ करोड ४९ लाख ९९ हजार २५० कित्ता सेयर खरिद गर्न १ अर्ब ४९ करोड ९९ लाख २५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा विधिबाट १० कित्ताका दरले सेयर बाँडफाँट गरिनेछ । १० कित्ताका दरले आईपीओ बँँडफाँट गर्दा ५ लाख १५ हजार ७८० जना आवेदकले मात्रै सेयर पाउनेछन् । अरु अन्य आवेदकको हात भने रित्तो हुनेछ ।
कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानिय स्थायी बासिन्दाहरुलाई ३२ लाख कित्ता शेयर निष्काशन गरेको थियो ।
प्रतिक्रिया