नेप्सेले फुकुवा गर्यो सिभिल बैंकको शेयर कारोबार


बैंकिङ्ग समाचार, काठमाडौं ।
हिमालयन बैंकसँग मर्जर प्रक्रियामा रहेको सिभिल बैंकको शेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सिभिल बैंक लिमिटेडको कारोबार फुकुवा गरेको हो ।

नेप्सेले आधारभूत सेयरधनी बाहेकको सेयर कारोबार फुकुवा गरेको जनाएको छ । नेपाल धितोपत्र बोर्डले जारी गरेको ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ बमोजिम कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ ।

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्न गत असार २९ गते मर्जर सम्झौता गरेको थियो । हिमालयन बैंकसँग मर्जर सम्झौता गरेपछि असार ३० गतेदेखि सिभिल बैंकको सेयर कारोबार रोक्का रहेको थियो ।

हिमालयन बैंकले सिभिल बैंकलाई १००:०.८१ अनुपातमा एक्वायर गर्ने भएको हो । सिभिल बैंकको १०० कित्ता सेयर हुनेले हिमालयन बैंकको ८१ कित्ता सेयर प्राप्त गर्नेछन् ।

\"\"