बैंकिङ्ग समाचार, काठमाडौं ।
निर्वाचन पछिको पहिलो कारोबार दिन आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले घटेको छ । आज नेप्से ७.१३ अंकले घटेर १ हजार ९ सय २९ दशमलब ७० विन्दुमा बन्द भएको हो । बिहिबार नेप्से २५.५७ अंकले बढेर १ हजार ९ सय ३६ दशमलब ८३ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, आज नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ । आज नेप्सेमा १ अर्ब ३५ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा १ अर्ब ७१ करोड ५४ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबारमा आएका कम्पनीहरुमध्ये ५२ वटा कम्पनीको शेयरमुल्य बढेको छ भने १३२ वटा कम्पनीको शेयरमूल्य घटेको छ, ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
एक कम्पनीको शेयरमूल्यमा आज उच्च वृद्धि भएको छ । जानकी फाइनान्स कम्पनीको शेयरमुल्य ६.२३ प्रतिशतले बढेर प्रतिकित्ता ३७५ रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार युनिलिभर नेपाल लिमिटेडको शेयरमूल्यमा आज सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको हो ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल बैंकको भएको छ । यसको आज १२ करोड १६ लाख भन्दा बढीको कारोबार भएको छ ।



About Us
प्रतिक्रिया