कुमारी बैंक र एनसीसी बैंकको डीडीए रिपोर्ट सार्वजनिक, स्वाप रेसियो पनि टुङ्गो लाग्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्श लिमिटेड (एनसीसी) बैंकको स्वाप रेसियो सार्वजनिक गरेको छ । कुमारी बैंक र एनसीसी बैंक समान हैसियत अर्थात् १ः१ अनुपातमा मर्ज हुने गरी स्वाप रेसियो निर्धारण गरिएको हो ।

कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्श बैंक (एनसीसी बैंक) एकआपसमा मर्जरमा जाने प्रक्रियामा छन् । यी दुबै कम्पनीले एकआपसमा गाभ्ने/गाभिने (मर्जर) प्रयोजनका लागि गत असोज १० गते समझदारीपत्रमा हस्ताक्षर गरिसकेका छन् ।

मर्जर समितिबाट दुबै  कम्पनीको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकनका लागि नियुक्त मूल्यांकनकर्ताले दुवै कम्पनीको सम्पत्ति दायित्व, कारोबारको मूल्यांकन गरि दिएको प्रतिवेदनको आधारमा मर्जर समितिले १:१ शेयर आदान प्रदान अनुपात निर्धारण गरेको छ । अर्थात् कुमारी बैंकमा एक सय कित्ता सेयर हुनेले मर्जरपछि पनि एक सय कित्ता नै सेयर पाउने छन् ।

दुवै कम्पनीको गत मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले मर्जर प्रयोजनको लागि दुवै संस्थाको शेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) १:१ कायम गर्ने गरी स्वीकृत गर्ने निर्णय गरेको हो । मर्जर पश्चात बन्ने कम्पनीको चुक्तापूँजी २५ अर्बभन्दा बढी पुग्नेछ ।