स्ट्याण्डर्ड चार्टर्ड बैंकको नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने आज मंसिर ६ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि मंसिर ७ गते बुधबार बुक क्लोज गर्ने निर्णय गरेकोले आज मंसिर ६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

बैंकले मंसिर २५ गते आर्मी अफिसर्स क्लबमा ३६ औं साधारण सभा गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट १६.५१ प्रतिशत नगद लाभांश अर्थात् प्रति शेयर १६ रुपैयाँ ५१ पैसा नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । सभाले उक्त प्रस्ताव अनुमोदन गर्नेछ ।

सभाले लाभांश वितरण प्रस्ताव सहित गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह माथि छलफल हुनेछ । साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव अनुमोदन गर्ने छ ।