बैंकिङ्ग समाचार, काठमाडौं ।
एभरेष्ट बैंकले बिरौटा पोखरामा आफ्नो १२२ औं शाखा उद्घाटन गरेको छ । बैंकले बिहीबार उक्त शाखाको उद्घाटन गरेको हो ।
उक्त शाखाको उद्घाटन राष्ट्रिय योजना आयोगका पूर्व सदस्य तथा योजानविद डा. गणेश गुरुङ्ग र एभरेष्ट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले संयुक्त रुपमा गरेका थिए । योसँगै गण्डकी प्रदेशमा एभरेष्ट बैंकको शाखा संख्या १२ पुगको छ ।
उक्त उद्घाटन समारोहमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापती, भारतिय पेन्सन क्याम्पका सह–महासेनानी शशांक त्रिपाठी, बैंकका गण्डकी प्रदेशका प्रादेशिक–प्रबन्धक सुधिर गौतम तथा बजार विभाग प्रमुख पुष्पराज उप्रेती लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
सो उद्घाटन समारोहमा अर्थविद डा. गणेश गुरुङ्गले यस बैंकबाट भारतमा रहने नेपालीलाई आर्थिक कारोबार गर्न थप सहज हुने तथा नेपाल सरकारको राजश्व संकलन गर्नु र बैंकिङ्ग क्षेत्रमै कम खराब कर्जा रहेको यस बैंकले ल्याउने प्याकेजले नेपालको आर्थिक क्षेत्रमा सुधार गर्न सक्ने बताए ।
साथै उनले यस क्षेत्रका व्यवसायी, भारतिय पेन्सनरहरुका साथै स्थानीय बासिन्दालाई बैंकिङ्ग कारोबारमा थप सहज हुने कुरा व्यक्त गरे । यो संगै गण्डकी प्रदेशमा बैंकको शाखा संख्या १२ पुगको छ ।
बैंकले आफ्नो १२२ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १५७ एटिएम सहित १२ लाख ग्राहकहरुला२ वित्तीय सेवा दिँदै आएकाे छ ।



About Us
प्रतिक्रिया