प्रिमियर इन्स्योरेन्सले घोषणा गर्यो कुल १५% लाभांश

प्रिमियर इन्स्योरेन्सले घोषणा गर्यो कुल १५% लाभांश


बैंकिङ्ग समाचार, काठमाडौं ।
प्रिमियर इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश प्रस्ताव गरेको छ । बुधबार साँझ बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब २२ करोड ७६ लाख ८४ हजार ८०० रुपैयाँको ५ प्रतिशतले हुन आउने ६ करोड १३ लाख रुपैयाँ बराबरको बोनस शेयर र १० प्रतिशतका दरले हुन आउने १२ करोड २७ लाख रुपैयाँ (कर सहित) नगद लाभांश प्रस्ताव गरेको छ ।

उक्त लाभांश बीमा प्राधिकरणको अनुमति पश्चात आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।