बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकले लाभांश प्रस्ताव गरेका छन् । मर्जर प्रक्रिमा रहेका नेपाल यी दुई बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभँंश प्रस्ताव गरेका हुन् ।
दुवै बैंकको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को नाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
नेपाल इन्भेष्टमेन्ट बैंकले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश गरि कुल ११ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । यस्तै, मेगा बैंकले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस शेयर र ३.८३ प्रतिशत नगद लाभांश गरि कुल ७.८३ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।
यी दुई बैंकको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।



About Us
प्रतिक्रिया