बैंकिङ्ग समाचार, काठमाडौं ।
बैंकहरुले मङ्सिर महिनाका लागि ब्याजदर नबढाउने भएका छन् । नेपाल बैंकर्स संघले आगामी मंसिर महिनाका लागि ब्याजदर नबढाउने भएको छ । नेपाल बैंकर्स एशोसियसन (एनबिए) को आज मंगलबार बिहान बसेको बैठकले ब्याजदर नबढाउने निर्णय गरेको हो ।
कहरुले कात्तिक महिनाकै ब्याजलाई निरन्तरता दिंदै मङ्सिर महिनामा ब्याज नबढाउने निर्णय गरेको नेपाल बैंकर्स एशोसियसन (एनबिए) का वरिष्ठ उपाध्यक्ष तथा एनएमबि बैंकका सुनिल केसीले बताए । बढ्दो ब्याज बिरुद्द उद्योगी व्यवसायीले देशब्यापी आन्दोलन गरेपछि ब्याज घट्न सक्ने अपेक्षा गरीएपनि बैंकहरुले कात्तिक महिनाकै ब्याजलाई यथावत राख्ने निर्णय गरेका हुन् ।
उनले भने, ‘संघमा बसेको बैठकले बजारको स्थिती र नेपालमा भएको मूल्यवृद्धि हेर्दा अहिलेको ब्याजदर नै यथावत राखौं भन्ने निर्णय भएको छ । आगामी मंसिरमा ब्याजदर बढ्दैन ।’
त्यस्तै, अहिले भइरहेको ब्याजदर बढी भएको भन्दै विरोध भएको विषयमा केसी भन्छन्, ‘यसअघि पनि हामीले १२ प्रतिशतसम्म ब्याजदर तोकेका थियौं । अहिले मात्रै हामीले यतिको ब्याजदर लिएका होइनौं ।’
उता, व्यवसायीहरुले भने बैंकहरुले चर्को ब्याजदर लिएकोले उद्योगी व्यवसायी मार्कामा परेको भन्दै विरोध गर्दै आएका छन् ।
अहिले बैंकहरुले निक्षेपमा व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३३ प्रतिशत र संस्थागततर्फ ९.१३३ प्रतिशत ब्याज प्रदान गरिरहेका छन् । यस्तै, बैंकहरुले रेमिट्यान्स मुद्दती खातामा १५.३३३ प्रतिशतसम्म ब्याज दिइरहेका छन् । साधारण बचत खातामा भने बैंकहरुले १०.३३३ प्रतिशत ब्याज तोकिएको छ । निक्षेपको ब्याजदर उच्च रहेकाले कर्जाको लागत पनि बढेको छ । हाल बैंकहरुले कर्जामा १८ प्रतिशतभन्दा बढी ब्याजदर लिने गरेका छन् ।
प्रतिक्रिया