बैंकिङ्ग समाचार, काठमाडौं ।
सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो दोस्रो विस्तारित काउण्टर लमजुङको राइनास नगरपालिका वडा नं ४ मा विस्तारित काउण्टर सेवा संचालनमा ल्याएको छ । बैंकले यस अघि नै मकवानपुर जिल्ला रजैयामा विस्तारित काउण्टर सेवा संचालनमा ल्याईसकेको छ ।
लमजुङमा कार्तिक २७ गते देखि भोटेवडार शाखाको मातहतमा रहनेगरी उक्त विस्तारित काउण्टर सेवा संचालनमा ल्याएको बैंकले जानकारी दिएको छ । यस विस्तारित काउण्टर मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ्ग सेवा प्रदान गर्ने लक्ष्य बैंकले राखेको जनाएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनलले आफ्ना १८० वटा शाखा, २ वटा विस्तारित काउण्टर, १३३ वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख हजार ग्राहकवर्गलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।



About Us
प्रतिक्रिया