कुमारी बैंकको ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कुमारी बैंकको ३० लाख कित्ता ऋणपत्र सूचीकृत भएको छ । 

सोमबार नेप्सेले १० वर्ष अवधिको ‘११% डिबेञ्चर २०८९’ नामक १ हजार रुपैयाँ अंकितदरको क्रम संख्या १ देखि ३० लाख थान कुल कित्ता ऋणपत्र सूचीकृत गराएको हो । नेप्सेमा सूचीकृत भएसँगै यो डिबेञ्चर मंगलवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ । 

कम्पनीको स्टक सिम्बोल केबिएल ८९ (KBL89) रहेको छ ।