कामना सेवा बैंकले १६औं वार्षिकोत्सवको अवसरमा सम्पन्न गर्यो विभिन्न सामाजिक कार्यक्रम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
कामना सेवा विकास बैंकले विभिन्न कार्यक्रम गरेर १६ औं वार्षिकोत्सव मनाएको छ । बैंकले कार्तिक २१ गते देखि कार्तिक २७ गतेसम्म देशभर विभिन्न सप्ताहब्यापी कार्यक्रमहरु आयोजना गरी केन्द्रीय कार्यालय, ज्ञानेश्वर काठमाडौंमा मुल समारोह कार्यक्रम गरेको हो ।

जस अनुसार बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न ठाउँमा सरसफाई, फोहोर व्यवस्थापनको लागि विभिन्न सामाग्री वितरण, रक्तदान कार्यक्रम, वित्तीय साक्षरता अभियान, पुरुष तथा महिला फुटसल प्रतियोगिताका साथै, विभिन्न जनचेतनामुलक कार्यक्रमहरु आयोजना गरिएको बैंकले जनाएको छ । “रक्तदान जिवन दान” भन्ने नारालाई आत्मसात गरी देशव्यापि रुपमा आयोजना गरिएको रक्तदान कार्यक्रममा सातै प्रदेशमा गरी कुल ४०३ युनिट रगत संकलन गरिएको बैंकले उल्लेख गरेको छ । 

यस्तै, केएस फुटसल कप अन्तर्गत पुरुष केएस फुटसल कप सिजन २ को उपाधि सिद्धार्थ बैंकले र महिला तर्फको उपाधि कामना सेवा विकास बैंकले जितेको छ ।

बैंकका अध्यक्ष सुदिप आचार्यको अध्यक्षता तथा काठमाडौं महानगरपालिका वडा नं. ३० का वडा अध्यक्ष दल बहादुर कार्कीको प्रमुख आतिथ्यतामा केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा मुल समारोहको आयोजना गरिएको बैंकले जनाएको छ ।

यसैगरी बैंकले आनन्द भैरव मन्दिरको फोहोर व्यवस्थापनको लागि गार्वेज बिन स्टोरेज सेड तथा डिजिटल डोनेसन बक्स समेत हस्तान्तरण गरेको छ । बैंकका अध्यक्ष सुदिप आचार्यले बैंकको लामो यात्रामा सहयोग र साथ दिने सबैप्रति आभार रहेको बताएका छन् ।