युनिलिभर नेपालको साधारण सभा आह्वान, प्रतिकित्ता १ हजार २१५ नगद लाभांश पारित हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
युनिलिभर नेपाल लिमिटेडले मंसिर २० गते २९औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले होटल एभरेष्ट, नयाँ बानेश्वर, काठमाडौंमा दिउसो ४ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत स्वीकृति प्रदान गर्नेछ । कम्पनीको कात्तिक १६ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा प्रतिकित्ता रू. १ हजार २१५ का दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

हाल कम्पनीको चुक्तापूँजी रू. ९ करोड २१ लाख रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि मंसिर ४ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मंसिर १ गते बिहीवारसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गर्नेछन् ।

कम्पनीले गत वर्षको तुलनामा यस वर्ष बढी लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले प्रतिकित्ता रू. ६५० का दरले नगद लाभांश वितरण गरेको थियो ।