बैंक अफ काठमाण्डू र ग्लोबल आइएमईको डिडिए सार्वजनिक, समान हैसियतमा गाभिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंकको डिडिए सार्वजनिक भएको छ । बैंकको कार्तिक २४ गते बसेको संचालक समितिको बैठकले बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंकबीच समान हैसियत अर्थात १:१ अनुपातमा एक आपसमा गाभिने निर्णय भएको हो । अर्थात शेयर संरचनामा कुनै पनि परिवर्तन नआउने बैंकले जनाएको छ ।

यी दुवै बैंकले एक अपसमा गाभ्ने गाभिने प्रयोजनका लागि असार २ गते सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए  ।

यी बैंकले एक आपसमा गाभिने प्रयोजनका लागि मूल्यांकनकर्ताले सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन र अन्य विविध पक्षहरूको समेत मूल्यांकन गरी सिफारिस गरेको शेयर आदनप्रदान अनुपात बैंक अफ काठमाण्डूको १०० कित्ता शेयर हुनेले ग्लोबल आइएमई बैंकको १०० कित्ता शेयर पाउने गरी निर्णय भएको बैंकले नेप्सेमार्फत जानकारी दिएको छ ।

मर्जरपछि बन्ने कम्पनीको चुक्तापूँजी रू. ३४ अर्ब ४१ करोडभन्दा बढी पुग्नेछ ।

\"\"