बैंकिङ्ग समाचार, काठमाडौं ।
यूनाइटेड इन्स्योरेन्स कम्पनीले लाभांश प्रस्ताव गरेको छ कम्पनीको कार्तिक २५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को लागि आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले कम्पनीको आर्थिक वर्ष २०७८/७९ का लागी हाल कायम रहेको चुक्ता पूँजीको ५ प्रतिशतका दरले हुने बोनश शेयर र नगद लाभांश (बोनश शेयरमा लाग्ने कर प्रयोजनार्थ)का लागि ० दशमलव २६३२ प्रतिशत गरी कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि उलगानीकर्ताले पाउनेछन् ।
प्रतिक्रिया