बैंकहरुको कर्जा भुक्तानी तथा धितो लिलाम सम्बन्धी जानकारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
के तपाईहरुले बैंकबाट कर्जा लिएर समयमै सावाँ तथा ब्याज भुक्तानी गर्नुभएको छ त ? यदी बैंकको कर्जा समयमै भुक्तानी नगरेमा तपाईको धितो बैंकले लिलाम गर्दछ । लिलामी प्रक्रियाअघि बैंकले तपाईहरुलाई ३५ दिने सूचना पनि जारी गरेको हुन्छ । यदी तपाईहरुले ३५ दिनभित्र उक्त रकम भुक्तान गरेमा तपाईहरुको धितो जोगिन्छ । तर तिर्न नसकेमा बैंकले धितो लिलाम गर्नेछ । 

आउनुहोस हेरौं आज कुन बैंकले जारी गरे कति जनाको ३५ दिने कर्जा चुक्ता गर्ने सम्बन्धी र १५ दिने धितो लिलाम हुने सम्बन्धी सूचना ।

एनआईसी एशिया बैंकले नयाँ पत्रिकामा २ जना र अन्नपुर्ण पोष्टमा ३ जना ऋणीहरुको धितो लिलाम सम्बन्धी १५ दिने सुचना जारी गरेको छ ।

कुमारी बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये कुमारी बैंकले अन्नपुर्ण पोष्टमा ७ जना, नागरिक दैनिकमा ३ जना र नयाँ पत्रिकामा २ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ । 

मेगा बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये मेगा बैंकले नागरिक दैनिकमा ८ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ ।

यस्तै, एनएमबि बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये एनएमबि बैंकले राजधानी दैनिकमा ५ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ ।

सिटिजन्स बैंकले नयाँ पत्रिकामा १ जना ऋणीको धितो लिलाम सम्बन्धी १५ दिने सुचना जारी गरेको छ ।

सानिमा बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये सानिमा  बैंकले नयाँ पत्रिकामा १ जना ऋणीलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ । भने राजधानी दैनिकमा १ जना ऋणीको धितो लिलाम सम्बन्धी २१ दिने सुचना जारी गरेको छ ।

यस्तै, बैंक अफ काठमाडूंबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये बैंक अफ काठमाडूंले नयाँ पत्रिकामा १ जना र नागरिक दैनिकमा १ जना ऋणीलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ ।

माछापुछ्रे बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये माछापुछ्रे बैंकले आर्थिक दैनिकमा १ जना ऋणीलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ । भने अन्नपुर्ण पोष्टमा १ जना ऋणीको धितो लिलाम सम्बन्धी ७ दिने सुचना जारी गरेको छ ।

नबिल बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये नबिल बैंकले नयाँ पत्रिकामा ३ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ । तथा नयाँ पत्रिकामा २ जना ऋणीहरुको धितो लिलाम सम्बन्धी १५ दिने सुचना जारी गरेको छ ।

सिद्धार्थ बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये सिद्धार्थ बैंकले नागरिक दैनिकमा १ जना ऋणीलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ ।

यस्तै, प्रभु बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये प्रभु बैंकले अभियान दैनिकमा १ जना ऋणीलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ ।

प्राइम कमर्सियल बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये प्राइम कमर्सियल बैंकले नयाँ पत्रिकामा २ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ ।