बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम कारोबारको दिन आज बिहिबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से २३.५२ अंकले घटेर १ हजार ८ सय ९३ दशमलब ७० विन्दुमा बन्द भएको हो । बुधबार नेप्से ३९.१५ अंकले घटेर १ हजार ९ सय १७ दशमलब २२ विन्दुमा बन्द भएकोे थियो ।
त्यस्तै, नेप्से घटे सँगै कारोबार रकममा पनि गिरावट भएको छ । आज नेप्सेमा १ अर्ब ११ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा १ अर्ब ४० करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज नेप्सेमा सबै उप-सुचकमा गिरावट आएको हो ।
कारोबारमा आएका कम्पनीहरु मध्ये १३ वटा कम्पनीको शेयरमुल्य बढेको छ भने १७१ वटा कमपाीको शेयरमूल्य घटेको छ, १ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज १ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । मन्दाकिनी हाइड्रोपावर कम्पनीको शेयरमुल्य ३.९२ प्रतिशतले बढेर प्रतिकित्ता ३३१.५० रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार आज अपर हेवाखोला हाइड्रोपावरको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको हो ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट भएको छ । यसको आज १० करोड २२ लाख भन्दा बढीको कारोबार भएको छ ।



About Us
प्रतिक्रिया