बैंकिङ्ग समाचार, काठमाडौं ।
युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले शेयरधनीलाई पुरानो लाभांश यथाशिघ्र लिन अनुरोध गरेको छ ।
कम्पनीले विभिन्न आवको वार्षिक साधारण सभाबाट पारित नगद लाभांश लिन बाँकी शेयरधनीलाई लिन अनुरोध गरेको हो । नगद लाभांश लिन बाँकी शेयरधनीले कम्पनीको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड नारायणचौर नक्साल, काठमाडौंमा सम्पर्क गरी लिन सक्नेछन् ।
साथै कम्पनीले सूचना प्रकाशित भएको मितिले ३० दिन अर्थात् मंसिर २४ गतेसम्म भित्र नलिएमा नगद लाभांश कम्पनी ऐन बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने जानकारी दिएको छ ।
प्रतिक्रिया