बैंकिङ्ग समाचार, काठमाडौं ।
चिर्ख्वा हाइड्रोपावर कम्पनी लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि अनुमति माग्दै कात्तिक १७ गते बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले सर्वसाधारणलाई १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता शेयर निष्कासन गर्न अनुमति मागेको छ । बोर्डले स्वीकृति दिएपछि आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई आईपीओ निष्कासन गर्नेछ ।
उक्त शेयर निष्कासन तथा विक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकङ्ग लिमिटेड रहेको छ ।



About Us
प्रतिक्रिया