आदर्श लघुवित्तको नाफा करिब ४८ ले घटेसँगै ईपीएस पनि उल्लेख्य घट्यो

आदर्श लघुवित्तको नाफा करिब ४८ ले घटेसँगै ईपीएस पनि उल्लेख्य घट्यो

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा उल्लेख्य घटेको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ३ लाख ४९ हजार रुपैयाँ नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४७.८३ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै सम्भावित जोखिम बापतको व्यवस्थामा बढी रकम छुट्याउनु परेका कारण लघुवित्तको नाफा घट्न पुगेको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ०.६५ प्रतिशत घटेको छ भने लघुवित्तको कुल सञ्चालन आम्दानी ०.३४ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ४७.३४ प्रतिशत घटेको छ ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १२ रुपैयाँ ३७ पैसा घटेर ६ रुपैयाँ ७४ पैसामा झरेको छ । असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६१ रुपैयाँ ६७ पैसा रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ४७.८६ प्रतिशत बढेको छ भने जगेडा कोष ७८.५० प्रतिशत बढेको छ । त्यसैगरी, लघुवित्तको सापटी २.२१ प्रतिशत घटेको छ भने निक्षेप २१.५५ प्रतिशत र कर्जा १२.४५ प्रतिशत बढेको छ ।