नेप्सेमा भारी अंकको गिरावट, कारोबार रकम सामान्य बढेर साढे १ अर्ब नजिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको चौथौ कारोबार दिन आज बुधबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से ३९.१५ अंकले घटेर १ हजार ९ सय १७ दशमलब २२ विन्दुमा बन्द भएको हो । मंगलबार नेप्से २.५७ अंकले घटेर १ हजार ९ सय ५६ दशमलब ३६ विन्दुमा बन्द भएको थियो । 

त्यस्तै, आज नेप्से घटेपनि बारोबार रकम भने बढेको छ । नेप्सेमा आज १ अर्ब ४० करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा १ अर्ब ५ करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज नेप्सेमा  एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । अपर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयरमुल्य ७.४२ प्रतिशतले बढेर प्रतिकित्ता ३९१ रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको हो । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको  भएको छ । यसको आज ६ करोड ७८ लाख भन्दा बढीको कारोबार भएको छ ।