बैंकिङ्ग समाचार, काठमाडौं ।
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा बढेको छ । लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा ११.३० प्रतिशतले बढेको हो ।
उक्त वित्तीय विवरण अनुसार समिक्षा अवधिमा लघुवित्तले ५ करोड ६४ लाख ६२ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिसम्ममा लघुवित्तले ५ करोड ७ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी, अन्य सञ्चालन आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको नाफा बढेको हो ।
त्यसैगरी, यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १०.५३ प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी ०.७२ प्रतिशतले बढेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी ८.६९ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ११.३० प्रतिशत बढेको छ ।
प्रतिक्रिया