कुमारी बैंकको साधारण सभा सम्पन्न, १२.५०% नगद लाभांश लाभांश पारित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
कुमारी बैंकको २२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा सोमबार नक्साल स्थित कार्यालयमा सम्पन्न भएको हो । कम्पनीले आर्थिक बर्ष २०७८/७९ को वितरणयोग्य मुनाफाबाट कर सहित १२ दशमलव ५० प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको थियो । सभाले उक्त प्रस्तावलाई अनुमोदन गरेको छ ।

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने,लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८/७९ को वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७९ को वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफानोक्सान हिसाव र सोहि अवधिको नगदप्रवाह विवरण, नाफानोक्सान बाँडफाँड हिसाब, ईक्विटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध अनुसूचीहरु) उपर छलफल गरी पारित गरेको छ ।

त्यस्तै, सभाले यस बैंकको सहायक कम्पनी कुमारी क्यापिटल लिमिटेडको आ.व.२०७८/७९ को वित्तीय विवरण सहितको एकिकृत वित्तीय विवरण छलफल गरी पारित गर्ने,आर्थिक वर्ष २०७९/८० को लागि वाहृय लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने प्रस्ताव पनि अनुमोदन गरेको छ ।

त्यसैगरी बैंकले आर्थिक वर्ष २०७८/७९ मा संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा आर्थिक सहायता प्रदान गर्दा कम्पनी ऐनको दफा १०५१(ग) ले निर्धारण गरेको सीमा भन्दा बढी भएको खर्चलाई अनुमोदन गर्ने, यस बैंक तथा अन्य कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने मर्जर तथा प्राप्ति गर्न संचालक समितिबाट गठित मर्जर समिति तथा सो ले गरेको कार्य अनुमोदन हुन, नयाँ मर्जर समिति गठन गर्न, मर्जर तथा प्राप्तिको सन्दर्भमा डिीडए नियुक्ति गर्न, निजलाई भुक्तानी गर्न पारिश्रमिक तोक्ने लगायतका प्रकृया अबलम्बन गरी अन्य कुनै बैंक तथा वित्तीय संस्थालाई एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति गर्नको लागि संचालक समितिलाई आवश्यक सम्पूर्ण अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गरेको जनाएको छ ।