बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल वेयरहाउजिंग कम्पनीको चौथो बार्षिक साधारण सभा सम्पन्न भएको छ । यस साधारण सभा मार्फत कम्पनीले सर्वसाधारणकाे लागि यही आर्थिक वर्षमा आइपीओ जारी गर्ने भएकाे छ ।
कम्पनीकाे चौथो वार्षिक साधारण सभाले संस्थापकहरुबाट कूल पुँजीको ८० प्रतिशत बराबर ५५ करोड पुँजी पुर्याई २० प्रतिशत बराबारको १३ करोड ७५ लाख सर्वसाधरणका लागि आइपीओ यहि आर्थिक वर्ष भित्रमा जारी गर्ने निर्णय गरेकाे हाे ।
कम्पनीले साइलो प्रबिधिबाट मकै, गौ, भटमास लगायत ५५ हजार मेट्रिक टन क्षमता बराबर भण्डारण सुबिधा, कृषी उपजहरुको बैज्ञानिक लिलाम ब्यबस्थापन, वेयरहाउस रसिदको धितोमा विभिन्न बैंकहरुको सहकार्यमा ऋण सुबिधा तथा अनाज कन्टेनरको सेवा दिने बताएकाे छ ।
यस कम्पनीले सुनसरीको औरबानी शाखा र कपिलवस्तुको चन्द्रौटा शाखामा १५००० मेट्रिक टन क्षमताका साइलो, पर्सा जिल्लाको बिरुवागुठी शाखामा २,५००० मेट्रिक टन क्षमताका साइलो जडान गरिरहेको छ । तिनवटै पारियोजानाको अनुमानित लागत १ अर्ब ५० करोड रूपैयाँ छ, जसमा बाँकी लगानी ५ वटा बैंकहरुबाट सहबित्तियकारणबाट जुटाईएको छ । औरबानी शाखाको संचालन यहि महिनाबाट भण्डारण सुरुवात गर्ने योजना कम्पनीको छ । साथै ६ महिना भित्र अन्य दुई परियोजना मार्फत सेवा प्रदान गर्ने लक्ष कम्पनीको छ । लगत्तै कम्पनीले धानको विभिन्न शाखाहरुबाट लिलाम बडाबडको सुरुवात गर्ने लक्ष्य समेत कम्पनीले लिएको छ ।
कम्पनीको भारतको सबैभन्दा ठुलो भण्डारण सुबिधा प्रदायक नेशनल कोलट्ररल म्यानेजमेन्ट कम्पनी लिमिटेडसँग सहकार्य रहेको छ । यसले देशमा अन्न सुरक्षा बडाई देशको खाद्य सुरक्षामा महत्वपूर्ण योगदान गर्ने लक्ष लिईएको छ । कम्पनीमा निम्बस समूह, शिखर इन्स्योरेन्स, श्रीनगर एग्रो, मुक्तिनाथ एग्रो, निफ्रा, एनएमवि बैंक, आईएमई जनरल इन्स्योरेन्स, हाथवे, हिमालयन क्यापिटल, टिएनआई, टिम भेन्चस्, आध्यानता, अल्फा क्यापिटल लगायतको लगानी रहेको छ ।



About Us
प्रतिक्रिया