नेपाल बैंक दुहबी शाखाको नवनिर्मित भवन उद्घाटन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल बैंक लिमिटेडले दुहबी शाखाको नवनिर्मित भवनको समुद्घाटन गरि आफ्नो सेवा सुरु गरेको छ । नेपाल बैंक दुहबी शाखाका शाखा प्रबन्धक राम भुषण सिंहको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा दुहबी नगरपालिकाका प्रमुख (मेयर) वेद नारायण गच्छदार, विशिष्ट अतिथि मनमोहन प्राविधिक विश्वविद्यालयका रजिष्ट्रार डा.दिननाथ फुयाल रहेका थिए । 

नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय प्रदेश नं. ०१ का प्रमुख मुख्य प्रबन्धक सुर्य प्रकाश भट्ट रहेको कार्यक्रममा अतिथिको रुपमा नेपाल बैंक सिअ विराटनगर, ईटहरी, वजारअड्डा, विराटचोक, धरान, झुम्का, मिल्स एरिया, टंकिसिनवारी शाखाका शाखा प्रबन्धकहरुको समेत उपस्थिति रहेको थियो । बैंकका ग्राहकहरु, दुहबी उद्योग वाणिज्य संघका प्रतिनिधिहरु,उद्योगी व्यवसायी तथा दुहबी शाखाका कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रमका प्रमुख अतिथि मेयर गच्छदारले हालको वित्तीय अवस्था तथा वित्तीय बजारमा रहेको जल्दा बल्दा विषयको बारेमा चर्चा गर्दै नेपाल बैंक नेपालको पहिलो बैंक रहेको तथा दुहबी शाखा पनि यस क्षेत्रको अग्रणी बैंक रहेको साथै नयाँ भवन मार्फत अझ उत्कृष्ट सेवा प्रदान गर्नको लागि शुभकामना व्यक्त गरेका थिए ।  

नेपाल बैंक १ नं. प्रदेश कार्यालयका प्रमुख सुर्य प्रकाश भट्टले बैंकले हाल उपलब्ध गराएको सेवा सुविधा नेपाली बैंकहरुमा प्रतिस्पर्धी रहेको उल्लेख गर्दै छिटो, छरितो तथा अब्बल सेवा प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

नेपाल बैंक विराटचोक शाखाका शाखा प्रबन्धक रमेश कार्कीले सञ्चालन गरेको कार्यक्रममा सभापति राम भुषण सिंहले उपस्थित हुने सम्पुर्ण प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिहरु, ग्राहकवर्गहरु, कर्मचारी लगायत सम्पुर्णमा धन्यवाद ज्ञापन गरी कार्यक्रम समापन गरेका थिए ।