नेप्सेमा छायो हरियाली, ४३ अंकले बढेको बजारमा साढे १ अर्ब बढिको कारोबार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
आज साताको पहिलो दिन शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ४३ दशमलव २० अंकले बढेर १ हजार ९ सय ६५ दशमलव ३६ विन्दु बन्द भएको छ । आज म्युचुअल फण्ड बाहेक सबै उपसूचक बढेका छन् ।

आज नेप्स्मा १ अर्ब ५४ करोड ८० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

आज कारोबार भएका २२८ कम्पनी मध्य १८५ कम्पनीको शेयर मुल्य बढेको छ भने १ कम्पनीको मात्र शेयर मुल्य घटेको छ, बाँकी ४२ कम्पनीको शेयर मुल्य स्थिर रह्यो । 

लगानीकर्ताहरुको आकर्शण आज सबैभन्दा बढी लघुवित्तको शेयरमा रहेको थियो । नेप्सेका अनुसार आज ४ वटा लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा विन नेपाल लघुवित्त, जाल्पा लघुवित्त र नेष्डो समृद्ध लघुवित्त र उपकार लघुवित्त रहेका छन् ।

आज सबैभन्दा धेरै हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयरमा गिरावट आएको छ । यसको शेयर ३ प्रतिशत भन्दा बढिको दरले घटेको हो ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको भएको छ । यसको आज १० करोड १४ लाख भन्दा बढीको कारोबार भएको छ ।