बैंकिङ्ग समाचार, काठमाडौं ।
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८/ ७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
कम्पनीले हाल कायम चुक्तापूँजीको ७३ प्रतिशत बोनस शेयर र ३ दशमलव ८४२१ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी चौथो वार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछन् ।
कम्पनीको कात्तिक १९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी रू. १६ करोड रहेको छ । ७३ प्रतिशत बोनस शेयर वितरण पछि पूँजी रू. २७ करोड ६८ लाख पुग्नेछ ।
प्रतिक्रिया