एभरेष्ट बैंकको लाभांश घोषणा, शेयरधनीहरुले १३% बोनस शेयर पाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई कुल २०.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले १३ प्रतिशत बोनस शेयर र ७.६८ प्रतिशत नगद लाभांश गरि कुल २०.६८ प्रतिशत लाभांश घोषणा गरेको हो । बैंकले आर्थिक वर्ष २०७८/७९ सम्म सञ्चित रहेको मुनाफाबाट उक्त लाभांश वितरण गर्न लागेको हो । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले शेयरधनीहरुलाई  लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृती दिएपछि शेयरधनीले पाउनेछन् ।