राधी विद्युत् कम्पनीको हकप्रद शेयर बाँडफाँट, १३ लाख बढि कित्ता लिलामीमा आउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
राधी विद्युत् कम्पनीको हकप्रद शेयर बाँडफाँट भएको छ । कम्पनीले असोज ५ गतेदेखि २५ गतेसम्म १ बराबर १.४७५२ अनुपातमा निष्काशन गरेको शेयर बाँडफाँट गरेको हो । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार कम्पनीले निष्कासन गरेको हकप्रद शेयर कात्तिक १७ गते बाँडफाँट गरिएको हो । 

कम्पनीले भदौ ५ गतेदेखि असोज २५ गतेसम्म १४७ दशमलव ५२ प्रतिशत अर्थात् १:१.४७५२ अनुपातमा रू. १०० अंकित दरको ९५ लाख ३५ हजार ७६० दशमलव ९९ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो । 

सोमध्ये रितपूर्वक आवेदन दिएका ३८ हजार ५०५ शेयरधनीहरुलाई ८२ लाख ३५ हजार २३३ कित्ता शेयर बाँडफाँट गरेको हो । बाँडफाँट नभएको १३ लाख ५२७.९९ कित्ता शेयर कम्पनी लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री गर्नेछ ।

साथै आफ्नो कायम हकभन्दा बढी शेयर माग गरि दरखास्त दिने आवेदकहरूको हकमा बाँडफाँटमा नपरेका हकप्रद शेयर वापतको रकम कात्तिक २० गतेदेखि कनेक्ट आईपीएसमार्फत सम्बन्धित आवेदकहरूको बैंक खातामा रकमान्तर गरिने बताइएको छ ।