बैंकिङ्ग समाचार, काठमाडौं ।
कात्तिक १८ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अरुण काबेली पावर लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
यस दिन नेप्सेले कम्पनीको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयरमूल्य ३६२ रुपैयाँ ७३ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन कम्पनीको शेयर प्रतिकित्ता ३९९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
कम्पनीले कार्तिक ३० गते बुधबार १२ औं वार्षिक साधारण सभा बोलाएको छ । सभाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजी १ अर्ब ८५ करोड ५२ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने १८ करोड ५५ लाख २१ हजार रुपैयाँ बराबरको बोनस शेयर र ०.५२६३ प्रतिशतका दरले हुने १ करोड ५ लाख रुपैयाँ नगद लाभांश (कर सहित) वितरण गर्ने, १ बराबर १ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।



About Us
प्रतिक्रिया