नेपाल बैंकको वार्षिकोत्सवमा ग्राहकलाई दराजबाट सामान खरिद गर्दा २०% सम्म छुट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल बैंक लिमिटेडका ग्राहकले दराजमार्फत सामान खरिद गर्दा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकले आफ्नो ८६ औँ वार्षिक उत्सवको अवसरमा दराजको ११.११ अभियानमा सहकार्य गरेको हो । 

नेपाल बैंकमा खाता रहेका ग्राहकले डेविट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानी गरि दराजबाट सामान खरिद गरेको खण्डमा यो अफर पाईने बैंकले जनाएको छ । बैंकका अनुसार यसको लागि ग्राहकहरुले आफ्नो कार्ड ई–कमर्सको लागि सक्रिय गर्नुपर्नेछ ।

यसका लागि बैंक र दराजबीच बिहिबार सम्झौता भएको हो । सम्झौता पत्रमा बैंकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कँडेल र दराजको तर्फबाट पेमेन्ट तथा पार्टनरसिप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका हुन् । 

उक्त सम्झौता अनुसार डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा रु २,५०० सम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशत वा रु ३००० सम्मको छुट ग्राहकले प्राप्त गर्न सक्नेछन् । बैंकको बार्षिकोत्सव यहि कार्तिक ३० गते आउदै छ । भने यो अफर कार्तिक २५ गतेदेखि मंसिर ३ गतेसम्म लागू हुनेछ ।

बैंकले हाल नेपालभर २२१ शाखाहरु, १९८ एटिएम साथै ४९ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २३ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको जनाएको छ ।