बैंकिङ्ग समाचार, काठमाडौं ।
बैंकहरुले ब्याजदर बढाएपछि उद्योगी व्यावसायीहरुले काठमाडौंको माइतीघरमा आन्दोलन गरेका छन् । बैंक तथा वित्तिय संस्थाद्धारा चर्काे व्याजदर वृद्धि गरिएको भन्दै व्यवसायीहरुले आन्दोलन गरेका हुन् । यस अघि मात्रै सुर्खेत, विरगंज, विराटनगर लगायतका क्षेत्रको उद्योगी व्यवसायीहरुले आन्दोलनका विभिन्न कार्यक्रम गरिसकेका छन् ।
मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउँदै आयात प्रतिस्थापनका लागि अबैज्ञानिक रुपमा व्याजदर वृद्धि गरेकोले व्यवसायी नै बन्द गर्नुपर्ने स्थिति आएको भन्दै चरणबद्ध आन्दोलन गर्ने भएका हुन् ।
त्यस्तै आजै चितवनमा पनि व्याजदर वृद्धिको बिरोधमा आन्दोलन भईरहेको छ ।
प्रतिक्रिया