पछिल्लो ३ दिन लगातार बढेको नेप्सेमा आज दोहोरो अंकको गिरावट, कारोबार रकम पनि ८९ करोडमै सिमित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
पछिल्लो ३ दिन लगातार बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहिबार दोहोरो अंकले घटेको छ । आज नेप्से १६.१४ अंकले घटेर १ हजार ९ सय २२ दशमलब १६ विन्दुमा बन्द भएको हो ।   

आज लाईफ तथा नन-लाईफ इन्स्युरेन्स बाहेकका सबै उप-सुचकमा गिरावट आएको छ ।

आज नेप्सेमा ८९ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । आज कारोबार भएका कम्पनीमध्ये २७ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १५३ वटा कम्पनीको शेयरमूल्य घटेको छ, ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

त्यस्तै, आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज युनिलिभर नेपाल लिमिटेडको शेयरमूल्य ६.५६ प्रतिशतले बढेर प्रतिकित्ता १९ हजार ५ सय रुपैयाँ पुगेको छ । कारोबार खुलेको सुरुवातदेखिनै यस कम्पनीको शेयरमूल्यमा वृद्धि भएको थियो ।  

नेप्सेका अनुसार वीन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको हो । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एभरेष्ट बैंकको भएको छ । यसको आज ४ करोड ३ लाख भन्दा बढीको कारोबार भएको छ ।