बैंकिङ्ग समाचार, काठमाडौं ।
इस्टर्न हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । विक्री प्रबन्धक एनएमबि क्यापिटलले कात्तिक १७ गते, बिहीबार बिहान सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले असोज २८ गतेदेखि कात्तिक २ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो ।
कम्पनीले पहिलो चरणमा स्थानीयलाई बिक्री गर्दा विक्री हुन नसकेको ५० हजार ३ सय १० कित्ता समेत जोडेर सर्वसाधारणलाई ६ लाख ७० हजार ३ सय १० कित्ता शेयर निष्काशन गरेको थियो । त्यसमध्ये २ प्रतिशत अर्थात १३ हजार ४०६ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३३ हजार ५१५ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याइएको थियो । बाँकी रहेको ६ लाख २३ हजार २८९ कित्ता र कर्मचारीलाई छुट्याइएको शेयरमा आवेदन नपरेको शेयर गरी कुल ६ लाख २५ हजार १९० कित्ता शेयर शेयर सर्वसाधारणमा बाँडफाँट गरिएको हो ।
यो आईपीओ खरीदका लागि कुल १३ लाख ५८ हजार २२० जना आवेदकले आवेदन दिएकोमा १ हजार ९९६ जनाको आवेदन रद्द भएको समेत विक्री प्रबन्धकले जानकारी दिएको छ ।
रितपूर्वक आवेदन दिएका योग्य रहेका १३ लाख ५६ हजार २२४ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराई शेयर बाँडफाँड गरिएको हो । गोलाप्रथाको माध्यमबाट ६२ हजार ५१९ जना आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् । यो आईपीओ खरीदका लागि आवेदन दिने १२ लाख ९५ हजारभन्दा बढी आवेदकको हात खाली भएको छ ।



About Us
प्रतिक्रिया